National life

विकास बैंकको नाफामा ३४.७५ प्रतिशतको गिरावट : ७ बैंक घाटामा, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२५ मंसिर २०८२, बिहिबार
827Shares
विकास बैंकको नाफामा ३४.७५ प्रतिशतको गिरावट : ७ बैंक घाटामा, कुनको कति ?
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको चार महिनाको अवधिमा विकास बैंकहरुको नाफा ३४.७५ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा विकास बैंकहरुले कुल १ अर्ब ९ करोड ३६ लाख रुपैयाँ नाफा कमाएका छन्, जुन गत आवको सोही अवधिको १ अर्ब ६७ करोड ६० लाख रुपैयाँको तुलनामा ३४ प्रतिशत कम हो।

जेनजी आन्दोलनको असर बैंकहरुको ऋण असुलीमा परेको र यसले ब्याज आम्दानी तथा नाफामा संकुचन ल्याएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो अवधिसम्म ८ वटा विकास बैंक नाफामा रहेका छन् भने ७ वटा बैंकले घाटा व्यहोरेका छन्।

नाफामा रहेका ८ बैंकमध्ये ५ बैंकको नाफा गत आवको तुलनामा घटेको छ। यस अवधिमा सबैभन्दा बढी नाफा कमाउने बैंक गरिमा विकास बैंक रहेको छ, जसले ३९ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ, यो गत आवको तुलनामा ७.९५ प्रतिशत वृद्धि हो।

अन्य नाफावाला बैंकहरूमा मुक्तिनाथ विकास बैंक (३८ करोड ४२ लाख), शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (३० करोड २५ लाख), कामना सेवा विकास बैंक (२७ करोड ७७ लाख), सांग्रिला डेभलपमेन्ट बैंक (१४ करोड ८५ लाख), ज्योति विकास बैंक (१३ करोड ९६ लाख), महालक्ष्मी विकास बैंक (८ करोड ४४ लाख) र मितेरी डेभलपमेन्ट बैंक (३ करोड ५० लाख) रहेका छन्।

गठात बैंकहरूमध्ये सबैभन्दा बढी घाटा लुम्बिनी विकास बैंकले व्यहोरेको छ, जसको घाटा ३६ करोड ४६ लाख रुपैयाँ रहेको छ। अन्य घाटावाला बैंकहरूमा एक्सेल डेभलपमेन्ट बैंक (१८ करोड ६९ लाख), सिन्धु विकास बैंक (४ करोड ४७ लाख), नारायणी डेभलपमेन्ट बैंक (२ करोड ९२ लाख), ग्रीन डेभलपमेन्ट बैंक (२ करोड १८ लाख), कर्पोरेट डेभलपमेन्ट बैंक (२ करोड १२ लाख) र सप्तकोशी डेभलपमेन्ट बैंक (७ लाख) रहेका छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
827SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?