National life

विकास बैंकको नाफा ७ अर्ब ९७ लाख बढी, निष्क्रिय कर्जा कुन बैंकको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ भदौ २०८२, बिहिबार
494Shares
विकास बैंकको नाफा ७ अर्ब ९७ लाख बढी, निष्क्रिय कर्जा कुन बैंकको कति ?
ncell

काठमाडौँ । आर्थिक वर्ष २०८१–८२ मा राष्ट्रिय स्तरका आठ विकास बैंकले गत कुल ७ अर्ब ९७ लाख रुपैयाँ नाफा गरेका छन्। अघिल्लो आव २०८०–८१ मा यी बैंकहरुको नाफा ५ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ थियो।

विकास बैंकहरुको नाफामा अघिल्लो आवको तुलनामा गत आवमा २२.०१ प्रतिशतले बढेको हो।

Royal Enfield
nic asia capital
विकास बैंकहरुको खुद ब्याज आम्दानी र फी तथा कमिसन आम्दानी बढेको तथा सम्भावित कर्जा नोक्सानी व्यवस्था घट्दा नाफा आर्जन भएको हो ।

साथै, गत आवमा यी विकास बैंकको वितरणयोग्य नाफा १८१.३० प्रतिशतले बढेर ४ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यी बैंकको वितरणयोग्य नाफा १ अर्ब ७२ करोड ७६ लाख रुपैयाँ थियो ।

त्यस्तै, गत आवमा ८ विकास बैंकमध्ये ६ वटाको नाफा बढेको छ। बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, गत आवमा गरिमा विकास बैंकको नाफामा उच्च वृद्धि हुँदा ज्योति विकास बैंक र लुम्बिनी विकास बैंकको नाफामा भने संकुचन आएको छ।

बैंकहरुले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आवमा यी बैंकहरूको खुद ब्याज आम्दानी ४.६३ प्रतिशतले बढेर २६ अर्ब २० करोड ६२ लाख रुपैयाँ पुगेको छ। भने फी तथा कमिसन आम्दानी १२.४५ प्रतिशतले बढेर ३ अर्ब १५ करोड २७ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, बैंकहरूको कर्जा नोक्सानी व्यवस्था ३.७९ प्रतिशतले घटेर ६ अर्ब ४७ करोड ६६ लाख रुपैयाँमा झरेको छ। गत आवमा मुक्तिनाथ र गरिमा विकास बैंकले एक अर्बभन्दा बढी नाफा गरेका छन् । सबैभन्दा कम नाफा गर्नेमा भने ज्योति विकास बैंक रहेको छ ।

मुक्तिनाथ विकास बैंकले गत आवमा सर्वाधिक धेरै अर्थात १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आवको तुलनामा ३०.७० प्रतिशतले नाफा बढाएको यो बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब ४६ करोड २५ लाख रुपैयाँ छ। यसबाट बैंकले सेयरधनीलाई २०.७५ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिएको छ ।

त्यस्तै दोस्रो धेरै नाफा कमाउनेमा गरिमा विकास बैंक देखिएको छ । गत आवमा यो बैंकको नाफा १ अर्ब ३१ करोड पुगेको छ । नाफासँगै बैंकको वितरणयोग्य नाफा बढेर ७१ करोड ५० लाख रुपैयाँ पुगेको छ। बैंकले १२.५९ प्रतिशतसम्म लाभांश बाँड्ने क्षमता राख्छ ।

साथै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ३.३१ प्रतिशतले वृद्धि हुँदा ६८ करोड ८६ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा ६८ करोड ५ लाख रुपैयाँ छ । यस आधारमा बैंकको लाभांश क्षमता १३.९६ प्रतिशत रहेको छ ।

गत आवमा कामना सेवा विकास बैंकले नाफा ९.१९ प्रतिशतले बढाएर ६३ करोड ५३ लाख रुपैयाँ पुर्‍याएको छ। बैंकको वितरणयोग्य नाफा ६० करोड ७४ लाख पुग्दा लाभांश क्षमता १७.३० प्रतिशत छ ।

त्यस्तै गत आवमा सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ६.५१ प्रतिशतले बढेर ५३ करोड ५१ लाख रुपैयाँ पुगेको छ। यस बैंकको वितरणयोग्य नाफा ४१ करोड ३९ लाख रुपैयाँ पुग्दा लाभांश क्षमता ११.६४ प्रतिशत छ ।

यस अवधिमा महालक्ष्मी विकास बैंकको नाफा १.२६ प्रतिशतले बढेर ५० करोड ६७ लाख रुपैयाँ पुग्दा वितरणयोग्य नाफा बढेर ४९ करोड ४६ लाख रुपैयाँ पुगेको छ । लाभांश क्षमता ११.५१ प्रतिशत छ।

त्यस्तै, लुम्बिनी विकास बैंक र ज्योति विकास बैंकको नाफामा भने उच्च गिरावट देखिएको छ । गत आवमा लुम्बिनी विकास बैंकको नाफा ३०.१३ प्रतिशतले घटेर ३७ करोड ७९ लाख रुपैयाँमा संकुचन हुँदा ज्योति विकास बैंकको नाफा ९२.७४ प्रतिशतले घटेर १ करोड २४ लाख रुपैयाँमा झरेको छ।

लुम्बिनी विकास बैंकको वितरणयोग्य नाफा घटेर २९ करोड ४४ लाख रुपैयाँमा झरेको छ भने लाभांश क्षमता ८.१३ प्रतिशतमा झरेको छ । ज्योति विकास बैंक भने ७८ करोड ५ लाख रुपैयाँले सञ्चित नोक्सानीमा छ ।

निष्क्रिय कर्जा कुन बैंकको कति ?

आर्थिक वर्ष २०८१–८२ मा सबैभन्दा कम निष्क्रिय कर्जा मुक्तिनाथ विकास बैंकको छ । यस बैंकको निष्क्रिय कर्जा अनुपात ०.३८ प्रतिशतले बिन्दुले बढेर २.२७ प्रतिशत पुगेको छ । बैंकले सम्भावित कर्जा नोक्सानी व्यवस्थाको लागि ५६ अर्ब ३० करोड रुपैयाँ छुट्टाएको छ। अघिल्लो आवमा बैंकले कर्जा नोक्सानी व्यवस्थाको लागि ७७ करोड ६८ लाख रुपैयाँ छुट्टाएको थियो ।

त्यसैगरी, गरिमा विकास बैंकको निष्क्रिय कर्जा ०.१३ प्रतिशत बिन्दुले घटेर ४.७२ प्रतिशतमा झरेको छ। निष्क्रिय कर्जा घटे पनि गत आवमा यो बैंकले ५३ करोड ८० लाख रुपैयाँ थप कर्जा नोक्सानी व्यवस्था गरेको छ । यस अवधिमा सांग्रिला डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकको निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको छ  भने ज्योति विकास बैंकको निष्क्रिय कर्जा ५.२९ प्रतिशतबाट बढेर ७.९८ प्रतिशतले पुगेको हो ।

निष्क्रिय कर्जा बढेसँगै बैंकले कर्जा नोक्सानी व्यवस्थाको लागि १ अर्ब २८ करोड ३४ लाख छुट्टाएको छ । अघिल्लो आवमा बैंकले कर्जा नोक्सानी व्यवस्थाको लागि १ अर्ब १३ करोड ३६ लाख रुपैयाँ छुट्टाएको थियो । यता, कामना सेवा विकास बैंकको निष्क्रिय कर्जा ०.०२ प्रतिशत बिन्दुले बढेर ३.३८ प्रतिशत पुग्दा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा ०.८१ प्रतिशत बिन्दुले बढेर ४.२४ प्रतिशत पुगेको बैंकरुहले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
494SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?