काठमाडौं । विकास बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा ६९ करोडभन्दा बढी खुद नाफा कमाएका छन्। राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा विकास बैंकहरूले कुल ६९ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन्।
साउन महिनामा मुक्तिनाथ विकास बैंकले सर्वाधिक १५ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको छ भने गरिमा विकास बैंकको नाफा १३ करोड ३९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, लुम्बिनी विकास बैंकले ११ करोड ८ लाख, र कामना सेवा विकास बैंकले ९ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
यस अवधिमा ५ वटा विकास बैंक भने घाटामा छन्। एक्सेल डेभलपमेन्ट बैंक सबैभन्दा ठूलो घाटामा छ, जसको घाटा १ अर्ब ९ करोड ४२ लाख रुपैयाँ पुगेको छ। अन्य घाटामा रहेका बैंकहरूमा कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंक समावेश छन्।































