काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा सचेत रहँदै ठगीबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ। बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय सचेतना अभिवृद्धिका लागि एक सन्देश जारी गर्दै सजगता अपनाउन अनुरोध गरेको हो।
केन्द्रीय बैंकले जारी गरेको सन्देशमा भनिएको छ, “तपाईंले अपरिचित व्यक्ति वा नम्बरबाट ह्वाट्सएप, भाइबर, मेसेंजर, इमेल वा मोबाइल म्यासेजमार्फत चिठ्ठा परेको, महँगो मोबाइल पुरस्कार जितेको, विदेशबाट पार्सल आएको, धन सम्पत्ति वा सुन फेला परेको, छोटो समयमा बढी प्रतिफल पाइने योजना उपलब्ध भएकोजस्ता सन्देश पाउनुभएको छरु यदि हो भने सावधान रहनुहोस्—यस्ता सन्देशहरू वित्तीय ठगीका लागि पठाइएका हुन सक्छन्।”
बैंकका अनुसार यस्ता सन्देशमार्फत ठगीमा संलग्न व्यक्तिहरूले आकर्षक प्रस्ताव देखाएर व्यक्तिगत र वित्तीय विवरण चोरी गर्न सक्नेछन्।






























