National life

विदेशी नागरिकले ५ हजार डलरसम्म ल्याउन पाउने, भारु नोट कारोबार गर्न नपाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० भदौ २०८२, मङ्गलबार
425Shares
विदेशी नागरिकले ५ हजार डलरसम्म ल्याउन पाउने, भारु नोट कारोबार गर्न नपाइने
ncell

काठमाडौँ । विदेशी नागरिकले अब ५ हजारसम्म अमेरिकी डलर ल्याउन पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले आज नयाँ सर्कुलर जारी गर्दै एक पटकमा एक जना विदेशीले ५ हजारसम्म अमेरिकी डलर ल्याउन पाइने र त्यसभन्दा बढी ल्याए भन्सारमा स्वघोषणा गर्नुपर्ने उल्लेख गरेको छ ।

राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागलाई सर्कुलर जारी गर्दै विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५ हजारसम्म (भारुको हकमा अमेरिकी डलर ५,००० बराबर हुन आउने र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५ हजार बराबर) भन्सार घोषणाबिना नेपालमा भित्र्याउन सकिने उल्लेख गरेको छ ।

त्यसभन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

Royal Enfield
nic asia capital
राष्ट्र बैंकले २०७५ असार ३२ र २०७५ चैत २६ मा प्रकाशित सूचनाबमोजिम गर्न / गराउन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी सूचना पुनः प्रकाशित गरिएको जनाएको छ।

यस्तै, चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १००० दरका नोट कारोबार गर्न तथा भारु २००, ५०० र २००० दरका नोट साथमा राख्न, ओसारपसार र कारोबार गर्न नपाइने व्यवस्था रहेको बताएको छ।

यो समाचार शेयर गर्नुहोस्
425SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?