National life
cg eloctronics

विदेशी मुद्रा संचिति २२ अर्ब १३ करोड डलर पुग्यो, १८.२ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२५ पुस २०८२, शुक्रबार
1.1kShares
विदेशी मुद्रा संचिति २२ अर्ब १३ करोड डलर पुग्यो, १८.२ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने
muktinatha bikash bank

काठमाडौं । विदेशी मुद्रा संचिति बढेको छ । चालु वर्षको ५ महिनामा विदेशी मुद्रा संचिति २२ अर्ब १३ करोड अमेरिकी डलर पुगेको हो । सो संचितिले २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

विदेशी विनिमय सञ्चिति नेपाली रुपैयाँमा ३२ खर्ब १ अर्ब कुल ४७ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब १३ करोड पुगेको छ । चालु खाता रु.३५८ अर्ब ८३ करोड र शोधनान्तर रु.४२१ अर्ब ८९ करोड बचतमा रहेको छ ।

everest bank

समिक्षा अवधिमा निर्यात ५८.२ प्रतिशत र आयात १५.८ प्रतिशतले बढेको छ । नेपाल सरकारको खर्च रु.५६४ अर्ब ४६ करोड र राजस्व परिचालन रु.४०६ अर्ब ३० करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ३.७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.९ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.६ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७४ प्रतिशत र ९१- दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३७ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत व्याजदर ३.६६ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ७.२६ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२/0८३ को पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई रु.८७० अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४७ प्रतिशतले बढेको थियो । २०८२ मङ्सिर महिनामा विप्रेषण आप्रवाह रु. १८३ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. ११८ अर्ब ७९ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय ( खुद ट्रान्सफर) रु. ९५४ अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.७०० अर्ब ४३ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ( संस्थागत तथा व्यक्तिगत नयाँ ) लिने नेपालीको सङ्ख्या १ लाख ७५ हजार ५९१ जना र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६३ हजार ९२४ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?