National life

विदेशी मुद्रा सञ्चिति २६ खर्ब बढी, १५ महिनालाई वस्तु तथा सेवा आयात धान्न पुग्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ भदौ २०८२, आइतबार
556Shares
विदेशी मुद्रा सञ्चिति २६ खर्ब बढी, १५ महिनालाई वस्तु तथा सेवा आयात धान्न पुग्ने
ncell

काठमाडौँ । राष्ट्र बैंकले “देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन” सार्वजनिक गरेको छ । जस अनुसार आर्थिक वर्ष २०८१र८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ। अघिल्लो वर्ष यो दर ३.६७ प्रतिशत मात्र थियो।

Royal Enfield
nic asia capital

राष्ट्रबैंको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार वार्षिक औसत मुद्रास्फीति यस वर्ष ४.०६ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको ५.४४ प्रतिशत भन्दा कम हो।

त्यस्तै, शोधनान्तर स्थितिमा पनि सुधार देखिएको छ। गत वर्ष रु ५०२ अर्ब ४९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति यस वर्ष बढेर रु ५९४ अर्ब ५४ करोड पुगेको छ।

यस अवधिमा मुलुकको आयात १३.३ प्रतिशतले वृद्धि हुँदा निर्यातले अभूतपूर्व ८१.८ प्रतिशतले उछाल पाएको छ। अघिल्लो वर्ष आयात र निर्यात दुवै घटेका थिए। विप्रेषण आप्रवाह पनि उच्च दरमा वृद्धि भएको छ।

नेपाली रुपैयाँमा १९.२ प्रतिशत र अमेरिकी डलरमा १६.३ प्रतिशतले वृद्धि भएको विप्रेषण असार महिना मात्रै रु १८९ अर्ब ११ करोड पुगेको छ। कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड पुगेको छ।

यो सञ्चिति १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ। विस्तृत मुद्रा प्रदाय १२.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तै वृद्धि १२.९ प्रतिशत थियो।

साथै, बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप सङ्कलन १२.६ प्रतिशतले वृद्धि भई रु ७२ खर्ब ६४ अर्ब पुगेको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
556SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?