काठमाण्डौ – देशको कूल विदेशी मुद्रा सञ्चिति साउन मसान्तसम्ममा २८ खर्ब ६ अर्ब ४ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो महिनाको अन्त्य (असार मसान्त) मा यो सञ्चिति ২৬ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर थियो । सो अवधिमा विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकमा रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ थियो ।
साउन मसान्तमा कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २३.४ प्रतिशत रहेको उल्लेख गरिएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनाको आयातलाई आधार मान्दा, बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २०.४ महिनाको वस्तु आयात र १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ ।
समीक्षा अवधिमा चालू खाता ७८ अर्ब १४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा चालू खाता ३३ अर्ब ८ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्ष २५ करोड रुपैयाँले बचतमा रहेको चालू खाता यसपटक ५६ करोड रुपैयाँले बचतमा पुगेको राष्ट्र बैंकले जनाएको छ ।































