National life

विश्वप्रख्यात मोटिभेटर शिव खेडाको बीमामा जोडिएको किस्साःअसफल एजेन्टदेखि एमडीआरटीसम्म

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ चैत २०८०, आइतबार
527Shares
विश्वप्रख्यात मोटिभेटर शिव खेडाको बीमामा जोडिएको किस्साःअसफल एजेन्टदेखि एमडीआरटीसम्म
ncell

काठमाडौं । विश्व जगतमा नाम कहलिएका एवम् लाखौ मानिसका लागि प्रेरणाको स्रोत बनेका शिव खेडाको नाम नसुन्नेहरु बिरलै होलान् । भारतिय मोटिभेटर रहेका उनले आफ्नो जीवनकालमा आफ्नै लागि मात्र नभई अन्य नागरिकहरुको लागि समेत आफूले आर्जन गरेको सिप, मेहनत, समय तथा प्रयासहरु सुम्पदै आएका छन् । उनलाई जो कोहीले मोटिभेटरको रुपमा सहजै चिन्ने गर्छन् भने सोही क्षेत्रमा उनले आफ्नो दायरा समेत फराकिलो बनाएका छन् ।

आज हामीले उनको जीवनमा जोडिएको फरक प्रशंग पनि फेला पारेका छौं ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनै शिव खेडाले एक स्टेज कार्यक्रम मार्फत या भनौ सार्वजनिक मञ्चमार्फत आफू जीवनमा बीमा एजेन्ट बनेको किस्सा समेत सुनाएका छन् । यद्यपी उनको यो कहानी एक भारतिय संञ्जालमार्फत एक दशक अघि प्रशारित भएको थियो । बीमासँग जोडिएको उनको सोही किस्सा आजको दिनमा पनि धेरै नागरिकहरुलाई प्रेरणाको स्रोत बन्ने गरेको छ ।

यस्तो छ उनको अनुभव

उनलाई कुनै दिन जीवन बीमाको एजेन्ट बन्ने अवसर आएको थियो । शिव खेडाले मुस्किलका साथ जीवन बीमाको एजेन्ट बन्न स्वीकार गरेका थिए । उनले आफ्ना पत्नीकै प्रेरणाबाट बीमामा छिर्ने अवसर पाएका थिए । त्यति बेला उनकी श्रीमतीले जीवन बीमाको अभिकर्ता बनेमा विभिन्न अवसरहरु प्राप्त हुने भन्दै उनलाई बीमाको पाइला आरम्भ गर्न धेरै कर गरिन् श्रीमतिको करकापलाई नकार्न खोज्जा खोज्दै पनि उनी बीमामा जोडिएका थिए । बीमा अभिकर्ता बन्न दिइएको परीक्षा पास भएसँगै उनले टार्गेट समेत पाएका थिए । उक्त टार्गेटमा शिवखेडाले तत्कालिन समयमा हप्ताको डेढ सय डलर बीमाशुल्क (प्रिमियम) संकलन गर्नुपर्ने टार्गेट पाएका थिए ।

टार्गेट पूरा गर्न असफल

उनलाई दिइएको टार्गेटसँगसँग हातमा जीवन बीमा सम्बन्धि जानकारी भएको पुस्तक समेत दिइएको थियो । बीमाशुल्क भित्रउँन उनलाई (९० दिन) तीन महिनाको समय दिइएको थियो । सोही समयमा उनले करिब २ सय प्रतिशत मेहनत गरेको स्मरण गरेका छन् । यसको मतलब उनले आफूले सक्नेभन्दा पनि दोब्बर बल र बुद्धि लगाएका थिए । तर, उनको त्यो मेहनतले बीमाको बिक्री भने शून्य (जिरो सेल) भएको थियो । तत्कालिन समयका ब्रान्च म्यानेजरले उनलाई आफ्नो ३५ वर्षको बीमा व्यवसायको अनुभवमा त्यतिको असफल व्यक्ती पहिलो पटक फेला परेको सुनाएका थिए ।

nic asia capital

एमडीआरटी बन्न सफल

उनलाई व्यवसाय लिन नसकेका कारण उक्त कम्पनीबाट निकाला गरिएको थियो । आजभन्दा ५० वर्ष पहिले उनले भारतिय जीवन बीमा कम्पनीको एजेन्टकै कामलाई निरन्तरता दिएर सफलता पाएका थिए । बीमाको एजेन्टका लागि विश्व नै बजार भएको महशुस गरेसँगै उनले ३० माइल परको यात्रा गर्दै व्यवसाय पाउँन सफल भएका थिए ।

एकदिन साढे चार घण्टामा उनले २७ डलरको चेक प्राप्त गर्न सफल भएका थिए । बिस्तारै एक मिलिएन डलरको बीमा बेचेका उनले अर्को आर्थिक वर्षमा मात्रै तीन मिलियन डलरको बीमा बेच्न सफल भएका थिए । त्यस्तै, पाँच मिलियन डलरको बीमा बेचेका उनले मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) बीमा क्षेत्रको गरिमा मानिने महत्वपूर्ण उपाधि हात पार्न सफल भएका थिए । उनलाई जम्मा चार वर्षको रेकर्ड हेरेर उक्त उपाधि दिइएको थियो ।

सोही उपाधि हात पारेका कारण उनले अमेरिका भ्रमणको अवसर प्राप्त गरेको बताएका छन् । उनले गएको पचास वर्ष अघि संघर्ष पूर्ण रुपमा बीमा व्यवयाय गरे पनि राम्रो सफलता हात पारेको अनुभव सुनाएका छन् । आगामी दिनमा भने अवसरहरु चौतर्फी रहेको विश्वप्रख्यात मोटिभेटर शिव खेडाले बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
527SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?