National life

वीरगञ्जमा व्यापारी र सशस्त्र प्रहरीबीच झडप, ३ जना घाइते

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२६ माघ २०८२, सोमबार
972Shares
वीरगञ्जमा व्यापारी र सशस्त्र प्रहरीबीच झडप, ३ जना घाइते
ncell

काठमाडौँ। वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा हानेको छ।

राजस्व छलीको सूचना प्राप्त भएपछि टोलीले प्रमोद कुमार कानुले सञ्चालन गरेको ‘बबिता इन्टरप्राइजेज’ को गोदाममा खानतलासी सुरु गरेको थियो। यस क्रममा व्यापारी र सुरक्षाकर्मीबीच झडप भएको छ। झडपमा तीनजना सशस्त्र प्रहरी कर्मचारी सामान्य घाइते भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीका अनुसार टोलीले खानतलासी सुरु गर्दा स्थानीय व्यापारीहरूले विरोध जनाएका थिए। व्यापारीहरूले आफूहरूसँग सबै सामानको स्पष्ट बिल रहेको दाबी गरेका थिए। बिल देखाए पनि सामान नियन्त्रणमा लिन खोजेपछि तनाव बढेको स्थानीय व्यापारीहरुको भनाइ छ।

आक्रोशित समूहले सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको थियो। यस क्रममा सुरक्षाकर्मीको प्रयोगमा रहेको गाडीको अगाडिको सिसा फुटेको छ।

छापामारीमा गोदामबाट ५ पोका साडी, कुर्ता–सुरुवाल र अन्य कपडाका सामग्री नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएको सामानको मूल्य करिब ५ लाख रुपैयाँ रहेको अनुमान छ, तर विस्तृत विवरण हाल सार्वजनिक गरिएको छैन।

सामानको लगत संकलन र मुचुल्का तयार गर्ने प्रक्रिया जारी रहेको छ। गोदाम मालिकको पहिचान र सामान वैध छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको नायव उपरीक्षक अधिकारीले जानकारी दिएका छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
972SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?