National life

वीरगञ्ज हुँदै पाँच महिनामा ४० अर्बको सामान निर्यात,गत आवको भन्दा ८९ % ले बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|११ पुस २०८२, शुक्रबार
1.1kShares
वीरगञ्ज हुँदै पाँच महिनामा ४० अर्बको सामान निर्यात,गत आवको भन्दा ८९ % ले बढी
ncell

वीरगंज । वीरगंज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब ९७ करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशतअर्थात् १८ अर्ब ७९ करोड रुपैयाँ बढीको निर्यात भएको हो ।

जबकी गत आवको पाँच महिनामा भने २१ अर्ब १८ करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । वीरगंज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा यो नाका हुँदै हुने निर्यातमा उल्लेखनीय वृद्धि भएको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चालु आवको पाँच महिनामा २० अर्ब ७६ करोड रुपैयाँ मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ । त्यस्तै तीन अर्ब सात करोड रुपैयाँ मूल्य पर्ने फलफूलको जुस निर्यात भएको छ । दुई अर्ब ८७ करोड रुपैयाँ मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल, एक अर्ब ९७ करोड रुपैयाँ मूल्य पर्ने प्रशोधित पाम तेल निर्यात भएको छ । त्यस्तै एक अर्ब ५० करोड रुपैयाँ मूल्य पर्ने विभिन्न किसिमका कपडा पनि निर्यात भएको कार्यालयले जनाएको छ । रासस

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?