काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
समिक्षा अवधिमा कम्पनीको खुद नाफा २६.२३ प्रतिशतले बढेर ३९ करोेड २ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको खुद बिमा शुल्क आर्जन बढेसँगै यसको नाफामा वृद्धि भएको हो । यसअवधिमा खुद बिमा शुल्क आर्जन १६.०६ प्रतिशते बढेर १ अर्ब ८ करोड १६ लाख १० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ९३ करोड १९ लाख ३२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
२ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको विशेष जगेडामा १ अर्ब ६५ करोड, महाविपत्ती कोषमा १३ करोड ५१ लाख, रिटेन्ड अर्निङ्गमा २६ करोड ११ लाख र अन्य इक्विटीमा ५८ करोड ७६ लाख रुपैयाँ सञ्चित छ।
सय अवधीमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०७ पैसाले बढेर १९ रुपैयाँ ६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ४९ पैसा छ ।





































