काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको सञ्चालक समितिको कात्तिक २१ गते बसेको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकले प्रस्ताव गरेको कुल १३ प्रतिशत लाभांशमध्ये ३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहनेछ। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउने बैंकले जनाएको छ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक हाल देशका विभिन्न क्षेत्रमा शाखा विस्तार गर्दै वित्तीय पहुँच अभिवृद्धि गर्ने रणनीतिमा केन्द्रित छ। बैंकले डिजिटल सेवा विस्तार, साना तथा मध्यम उद्यममा लगानी र ग्राहकमैत्री बैंकिङ प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आएको छ।
































