National life

शेयर बजारमा दोहोरो अकंको गिरावट:  १३ वटै उपसूचक राताम्य, कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ पुस २०८१, आइतबार
498Shares
शेयर बजारमा दोहोरो अकंको गिरावट:  १३ वटै उपसूचक राताम्य, कारोबार कति ?
ncell

काठमाडौँ । साताको पहिलो कारोबारका दिन शेयर बजार दोहोरो अकंले गिरावट आएको छ । लगातार बढोत्तरी देखिएको बजारमा आज भने करेक्सन आएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४१ अकंले घटेर २६०९.६७ बिन्दुमा कायम भएको छ। आज ३०१ कम्पनी ८० लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ७९ लाख रुपैयाँको कारोबार भएको हो।

Royal Enfield
nic asia capital

आज १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.८६ प्रतिशत, विकास बैंक समूहको १.६० प्रतिशत, फाइनान्स समूहको ३.६० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७७ प्रतिशतले शेयर मूल्य घटेको छ।

आज ४३ कम्पनीको शेयर मूल्य घट्दा १९४ कम्पनीको घटेको छ। उक्त दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २० करोड ४१ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, सिन्धु विकास बैंकको १८ करोड ८० लाख २७ हजार रुपैयाँ, सिंगटी हाइड्रो इनर्जीको १६ करोड ४९ लाख ५७ हजार रुपैंया, हिमालयन पावर पार्टनरको १३ करोड ३४ लाख ४९ हजार रुपैयाँ, नेपाल लाइफ इनस्योरेन्सको ७ करोड ५२ लाख ५ हजार रुपैयाँको कारोबार भएको हो।

यो समाचार शेयर गर्नुहोस्
498SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?