National life

शेयर बजार लगातार दुई दिन बन्द हुने, बुधवार मात्रै कारोबार गर्न सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ भदौ २०८१, आइतबार
486Shares
शेयर बजार लगातार दुई दिन बन्द हुने, बुधवार मात्रै कारोबार गर्न सकिने
ncell

काठमाडौँ । साताको पहिलो कारोबारका दिन आज शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । पछिल्लो समय निरन्तर बढेको शेयर बजारमा आज पहिलो कारोबारको दिन करेक्सन आएको हो । नेप्से परिसूचक सहित आज कारोबारमा समेत गिरावट आएको हो ।

आज घटेको शेयर बजार अब भने आगामी बुधवार मात्रै खुल्ने भएको छ ।

Royal Enfield
nic asia capital
भोली भदौ ३ गते सोमबार र ४ गते मङ्गलवारका दिन सार्वजनिक बिदा परेको कारण शेयर बजार २ दिन बन्द हुने भएको हो ।

सोमबार सरकारले रक्षा बन्धनमा सार्वजनिक बिदा दिएको छ । यसका साथै, गृह मन्त्रालयले मङ्गलवार गाईजात्राको अवसरमा काठमाडौँ उपत्यकामा बिदा दिने भएको छ । शेयर बजारसँगै बैंक तथा वित्तीय संस्था समेत उक्त दिन बन्द रहने छ भने केही बैंकले भने आफ्नो नियमित सेवा दिने जनाएका छन् ।

यससँगै शेयर बजार अब बुधवार मात्र खुल्ने भएको हो । अब यो साता बुधवार र बिहीबार मात्र शेयर कारोबार हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
486SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?