काठमाडौं। श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।
कम्पनीको संचालक समितिको मंसिर ९ गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको ६.४० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
कम्पनीको वर्तमान चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ। सोही आधारमा प्रस्तावित नगद लाभांश रकम करिब ६ करोड ४० लाख रुपैयाँ बराबर हुनेछ। कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभा (एजिएम) मा पेश गरिनेछ।
साधारणसभाबाट अनुमोदन भएपछि लाभांश वितरण प्रक्रिया औपचारिक रूपमा सुरु गरिने कम्पनीले जनाएको छ।

































