National life
cg eloctronics

संसद् भवनबाट पक्राउ परेका लघुवित्त ऋणीहरू रिहा, थप आन्दोलन चर्काउने घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ फागुन २०८०, बिहिबार
528Shares
संसद् भवनबाट पक्राउ परेका लघुवित्त ऋणीहरू रिहा,  थप आन्दोलन चर्काउने घोषणा
muktinatha bikash bank

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवनबाट फागुन १४ पक्राउ परेका लघुवित्तका ऋणीहरू रिहा भएका छन् ।

प्रहरीले निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेका ४८ जना महिला र एक पुरुषलाई पक्राउ गरेर मुद्दा चलाएको थियो।

सार्वजनिक शान्ति विरुद्धको कसुरमा थुनामा रहेका ४९ जनालाई आज  रिहा गरिएको उपत्यका प्रहरी कार्यालयका अतिरिक्त प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

तीन पटकसम्म वार्ता हुँदासमेत निष्कर्षमा नपुगेपछि मिटरब्याज पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउँदै लगेका छन् । उक्त घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरेको छ ।

समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य छन् । यता लघुवित्तका ऋणीहरूले भने सरकारले आफूहरूको मागप्रति बेवास्ता गरेको भन्दै  थप आन्दोलन चर्काउने घोषणा गरेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
528SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?