National life

संसद् भवनबाट पक्राउ परेका लघुवित्त ऋणीहरू रिहा, थप आन्दोलन चर्काउने घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ फागुन २०८०, बिहिबार
464Shares
संसद् भवनबाट पक्राउ परेका लघुवित्त ऋणीहरू रिहा,  थप आन्दोलन चर्काउने घोषणा
ncell

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवनबाट फागुन १४ पक्राउ परेका लघुवित्तका ऋणीहरू रिहा भएका छन् ।

प्रहरीले निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेका ४८ जना महिला र एक पुरुषलाई पक्राउ गरेर मुद्दा चलाएको थियो।

सार्वजनिक शान्ति विरुद्धको कसुरमा थुनामा रहेका ४९ जनालाई आज  रिहा गरिएको उपत्यका प्रहरी कार्यालयका अतिरिक्त प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिएका छन् ।

तीन पटकसम्म वार्ता हुँदासमेत निष्कर्षमा नपुगेपछि मिटरब्याज पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउँदै लगेका छन् ।

Royal Enfield
nic asia capital
उक्त घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरेको छ ।

समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य छन् । यता लघुवित्तका ऋणीहरूले भने सरकारले आफूहरूको मागप्रति बेवास्ता गरेको भन्दै  थप आन्दोलन चर्काउने घोषणा गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
464SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?