National life

सन नेपालद्वारा सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्वन्धी कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ माघ २०८१, सोमबार
548Shares
सन नेपालद्वारा सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्वन्धी कार्यक्रम सम्पन्न
ncell
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्पोरेट कार्यालय लगायत देशैभरीका कार्यालयहरुमा “सम्पत्ती शुद्धीकरण निवारण राष्ट्रिय दिवस” को अवसरमा सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । सम्पत्ती शुद्धिकरण निवारण दिवसको अवसरमा “वित्तिय क्रियाकलापमा पारदर्शिता, सम्पत्ती शुद्धीकरण निवारणमा प्रतिबद्धता” भन्ने मुल नारालाई आत्मसाथ गर्दै सम्पत्ती शुद्धिकरण र यसले समग्र अर्थतन्त्र तथा बीमा क्षेत्रमा पार्ने प्रभाव र त्यसको न्यूनीकरणको लागि चाल्नुपर्ने कदमबारे जानकारी गराईएको थियो ।
उक्त कार्यक्रममा कार्यान्वयन अधिकृत  रन्जु लम्सालले प्रस्तुतीकरण गर्नुभएको थियो भने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले यसको महत्व, आवश्यकता, र न्यूनिकरणबारे जानकारी गराउनुभएको थियो ।
उक्त कार्यक्रममा पहिलो चरणमा कर्पोरेट कार्यालयका उच्च व्यवस्थापन सहितका कर्मचारीहरुको सहभागिता थियो भने दोस्रो चरणमा प्रदेश शाखा तथा उपशाखा कार्यालय कार्यरत कर्मचारीहरुलाई भर्चुअल माध्यमबाट सहभागी गराईएको थियो ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
548SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?