National life

सन नेपाल लाइफको हकप्रद शेयरको बिक्री आजबाट खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० वैशाख २०८२, मङ्गलबार
540Shares
सन नेपाल लाइफको हकप्रद शेयरको बिक्री आजबाट खुला
ncell

काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्सको २७ प्रतिशत हकप्रद शेयरमा आज (मंगलबार) देखि आवेदन दिन सकिनेछ । कम्पनीले १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद शेयर जारी गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस कम्पनीले हकप्रद शेयर बिक्री प्रयोजनका लागि वैशाख ५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख ४ गतेसम्म कायम रहने सेयरधनीले मात्र यस कम्पनीको हकप्रद शेयर भर्न पाउनेछन् । यो हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

सन नेपालको हकप्रद शेयरमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सन नेपाल लाइफका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । हकप्रद शेयर जारी भएपछि यसको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
540SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?