काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जस अनुसार लघुवित्तको प्रतिशेयर आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ रुपैयाँ ९ पैसा बढेको छ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ४ रुपैयाँ ४२ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी, गत वर्ष बढेर १३ रुपैयाँ ५१ पैसा पुगेको छ। साथै, लघुवित्तको नाफा बढेसँगै प्रतिशेयर आम्दानीमा समेत बढेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७३.७५ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ११२.३६ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन मुनाफा ७४.६१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २३७.९४ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड ७० लाख रुपैयाँबाट घटेर ५० लाख रुपैयाँमा झरेको छ।
६२ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २२ करोड २४ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ३७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७० गुणा रहेको छ।































