काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई मनीचेञ्जरहरूको इजाजतपत्र खारेज गरेको छ। समयमै अनुमति पत्र नवीकरण नगरेका सून्धारास्थित लर्ड बुद्ध मनी एक्सचेञ्ज र स्तुपा मनी चेञ्जरको इजाजतपत्र रद्द गरिएको हो।
केन्द्रीय बैंकका अनुसार यी दुवै संस्थाले मनीचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १९ को उप–विनियम (३) अनुसार तोकिएको समयसीमा भित्र नवीकरण प्रक्रिया पूरा गर्न नसकेका कारण आवश्यक कारबाही गरिएको हो।
विनियमावली अनुसार म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण नगर्ने मनीचेञ्जरहरूको इजाजतपत्र स्वभाविक रूपमा रद्द हुने व्यवस्था छ। सोही प्रावधानअनुसार राष्ट्र बैंकले दुवै मनीचेञ्जरको अनुमति खारेज गर्ने निर्णय गरेको जनाएको छ।

































