काठमाडौँ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको नियन्त्रणमा रहेका चार पाङ्ग्रे र दुई पाङ्ग्रे २१ सवारी साधनहरू लिलामी बिक्रीमा राखिएको छ।
समितिले २१ दिने सूचना जारी गर्दै इच्छुक व्यक्ति वा संस्थालाई तोकिएको शर्तअनुसार शिलबन्दी निवेदन पेस गर्न आग्रह गरेको छ ।
सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषित भई मन्त्रालयमा लेखी आएका सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि, सोही ऐनको दफा १०५ अनुसार, समितिको नियन्त्रणमा लिइएका सवारी साधनहरू मूल्याङ्कन गरी प्रतिवेदन पेश भएपछि लिलामी बिक्री प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ।
































