National life

सरकारको कडाइ: माघ १ देखि ५ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार प्रतिबन्धित

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१६ मंसिर २०८२, मङ्गलबार
383Shares
सरकारको कडाइ: माघ १ देखि ५ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार प्रतिबन्धित
ncell

काठमाडौँ । आगामी माघ १ गतेदेखि ५ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार पूर्ण रूपमा निषेध गर्ने सरकारले निर्णय गरेको छ। मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार अब एकपटकमा ५ लाख रुपैयाँसम्मका वस्तु वा सेवाका कारोबार मात्र नगदमा गर्न सकिनेछ।

यसअघि नगद कारोबारको सीमा १० लाख रुपैयाँ निर्धारित थियो। तर, वित्तीय प्रणालीलाई थप औपचारिक, सुरक्षित र पारदर्शी बनाउन सरकारलाई यो सीमा आधा घटाउनुपरेको बताइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सरकारका अनुसार ठूलो परिमाणको नगद कारोबारले धन शुद्धीकरण, कर छली, अनियन्त्रित नगद प्रवाह, अवैध कारोबार र आर्थिक अपारदर्शिता बढाउने भएकाले कडाइ गर्न आवश्यक देखिएको हो।

नयाँ प्रावधान लागू भएपछि ५ लाख रुपैयाँभन्दा बढी मूल्यका कुनै पनि वस्तु तथा सेवा खरिद–बिक्री, ठूला भुक्तानी, अग्रिम रकम, ठेक्का–सम्बन्धी कारोबार लगायतका वित्तीय क्रियाकलाप बैंक तथा वित्तीय संस्था मार्फत नै गर्नुपर्नेछ। बैंकिङ प्रणालीभित्र ल्याउन सरकारको उद्देश्यअनुसार अब बैंकिङ चेक, खातामा भौचर, अनलाइन ट्रान्जेक्सन, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, QR कोड, कार्ड जस्ता माध्यमअनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
383SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?