National life

सर्वसाधारणका लागि माबिलुङ इनर्जीको आईपीओ जारी, कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ साउन २०८२, सोमबार
1.1kShares
सर्वसाधारणका लागि माबिलुङ इनर्जीको आईपीओ जारी, कहाँ दिने आवेदन ?
ncell

काठमाडौँ। माबिलुङ इनर्जी लिमिटेडले आईपीओको बिक्री आवेदन खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि जारी पूँजीको ४८.९९९८ प्रतिशत अर्थात् १५ लाख ४ हजार ७०६ कित्ता सेयर जारी गरेको हो।

कम्पनीले गत असार १ गते प्रति सेयर रु १०० अंकित दरका १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।

Royal Enfield
nic asia capital

त्यसमध्येमा जारीपूँजीको १० प्रतिशत अर्थात् रु १०० अंकित दरका ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र सर्वसाधारणका लागि छुट्टाइएको १५ लाख ४ हजार ७०६ कित्ता सेयरमध्येको १० प्रतिशत अर्थात् रु १०० अंकित दरका १ लाख ५० हजार ४७१ कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि गत असार २२ गतेदेखि साउन ४ गतेसम्म जारी गरिएको थियो ।

पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारमा रहेका लागि जारी गरिसकेपछि कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो। आम सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनले तोकेका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा साउन २९ गते  र ढिलोमा भदौ ९ गते हुनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?