National life
cg eloctronics

‘सहकारीको मुद्दा पार्टीगत नभई लाखौं सहकारी पीडितको बचत हिनामिनाको विषय हो ’

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ वैशाख २०८१, आइतबार
546Shares
‘सहकारीको मुद्दा पार्टीगत नभई लाखौं सहकारी पीडितको बचत हिनामिनाको विषय हो ’
ncell

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीको मुद्दा पार्टीगत नभएको बताएका छन् ।

आइतबार बसेको संसदीय दलको बैठकमा कांग्रेसले उठाएको माग पार्टीगत नभई लाखौं सहकारी पीडितको अर्बौं बचत हिनामिनाको विषय भएको बताएका छन् । ‘यस्तो गम्भीर विषयलाई संसदीय छानबिन समिति बनाई यथार्थ विषयवस्तु बाहिर ल्याउन माग गरिएकोमा यसलाई सरकारले छल्ने उद्देश्यले संसदनै बन्द गर्ने निर्णय गरेको छ,’ देउवाले बैठकमा भने ।

आइतबारदेखि गरिएको संसद बैठक अन्त्यले सरकार सहकारी पीडितका पक्षमा नभएको देउवाले बताए । सरकार सुशासनको पक्षमा नरहेको र गैरजिम्मेवारी रुपमा प्रस्तुत भएको संसद बैठक अन्त्यले पुष्टि गरेको देउवाले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सहकारी पीडित र सुशासनको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहन उनले सांसदहरुलाई निर्देशन दिए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?