National life

सहकारी पीडित फेरि सडकमा : 'सय दिनको वाचा’ सम्झाउँदै माईतीघरमा प्रदर्शन

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०६ चैत २०८२, शुक्रबार
921Shares
सहकारी पीडित फेरि सडकमा : 'सय दिनको वाचा’ सम्झाउँदै माईतीघरमा प्रदर्शन
ncell

काठमाडौं। सहकारी संस्थामा बचत गरेको रकम फिर्ता नपाएको भन्दै बचतकर्ताहरूले राजधानीको माईतीघर मण्डलामा पुनः प्रदर्शन गरेका छन्।

शुक्रबार आयोजित प्रदर्शनमा सहभागी पीडितहरूले झण्डै चार वर्षदेखि निरन्तर रूपमा आन्दोलन गर्दै आए पनि अझैसम्म न्याय नपाएको गुनासो गरेका छन्। उनीहरूले सरकारसँग पटक–पटक सम्झौता भए पनि ती सम्झौताहरू कार्यान्वयनमा नआएको र कागजमै सीमित भएको आरोप लगाएका छन्।

पीडितहरूले आफ्नो बचत रकम फिर्ता नहुँदा दैनिक जीवन नै प्रभावित भएको बताउँदै राज्यप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
“सम्झौता हुन्छ, तर कार्यान्वयन हुँदैन,” उनीहरूको साझा गुनासो थियो।

यसैबीच, उनीहरूले राजनीतिक दलहरूलाई पनि आफ्नो प्रतिबद्धता स्मरण गराएका छन्। विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै ‘वाचापत्रमा उल्लेख गरिएको सय दिनभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता अझै पूरा नभएको’ भन्दै प्रश्न उठाएका छन्।

साथै, सहकारी ठगीमा संलग्न सञ्चालकहरूमाथि कडा कारबाहीको माग गर्दै उनीहरूले नागरिकता, राहदानी, बैंक खाता तथा चल–अचल सम्पत्ति रोक्का गर्नुपर्ने माग समेत अघि सारेका छन्। पीडितहरूले चेतावनी दिँदै भनेका छन्—यदि तत्काल ठोस पहल नभए आन्दोलन अझ सशक्त बनाइने छ।

यो समाचार शेयर गर्नुहोस्
921SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?