काठमाडौं – सहकारी ऐन २०७४ ले व्यवस्था गरेको ‘एक व्यक्ति एक सहकारीमा मात्र सञ्चालक’ नियम कार्यान्वयन गर्न सहकारी विभागले पुनः कडाइका साथ निर्देशन जारी गरेको छ।
विभागले देशभरका सबै सहकारी संस्थालाई परिपत्र गर्दै ऐनको दफा ४१ मा उल्लेखित प्रावधान तत्काल लागू गर्न आग्रह गरेको हो। यसअघि पटक–पटक निर्देशन गर्दा पनि कतिपय सहकारीहरूले नियम कार्यान्वयन नगरेको गुनासो बढेपछि विभाग कडा नियमनमा उत्रिएको उल्लेख गरेको छ ।
विभागले जारी गरेको निर्देशनमा भनिएको छ, “केही व्यक्तिहरू दोहोरो सञ्चालकका रूपमा कार्यरत रहेको भन्ने गुनासो प्राप्त भइरहेकाले, निर्देशनहरू जारी गरिए पनि कानुनी व्यवस्था पालना नभएकाले सबै सहकारी संस्था तथा सम्बन्धित सञ्चालक सदस्यले यथाशीघ्र उक्त प्रावधान कार्यान्वयन गर्नू भन्ने निर्देशन जारी गरिएको छ।”
सहकारी विभागले सहकारी नियमनमा संलग्न सबै निकायलाई नियमित अनुगमन, निरीक्षण, नियमन तथा सुपरिवेक्षणमार्फत उक्त नियम लागू भएकोरनभएको जाँच गर्न पनि निर्देशन दिएको छ।






































