National life

सहकारी सञ्चालकको सम्पत्ति विक्रि गरेर बचतकर्ताको पैसा फिर्ता दिन्छौं : गृहमन्त्री श्रेष्ठ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ फागुन २०८०, आइतबार
411Shares
सहकारी सञ्चालकको सम्पत्ति विक्रि गरेर बचतकर्ताको पैसा फिर्ता दिन्छौं : गृहमन्त्री श्रेष्ठ
ncell

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी सञ्चालकहरुको सम्पत्ति बेचेर भएपनि बचतकर्तालाई पैसा फिर्ता दिने बताएका छन् । आज (शनिबार) सप्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीका नाममा ठगी गर्नेहरुलाई सरकारले त्यसै नछाड्ने बताएका हुन् ।

उनले अहिले सहकारी तीन प्रकारका रहेको उनले बताए । केही सहकारी अहिले पनि राम्रो तरिकाले सञ्चालन भइरहेको र केही भने आर्थिक मन्दीका कारण सबै बचतकर्ता एकै पटक बचत फिर्ता लिन जाँदा समस्यामा परेको उनको भनाइ छ ।

Royal Enfield
nic asia capital
केही सहकारी सञ्चालकहरुले भने ठग्नकै लागि सहकारी दर्ता गराएको उनको दाबी छ । त्यस्ता सहकारीलाई कारबाहीको दायरामा ल्याउने उनले बताए ।

‘सहकारीको नाममा जनतालाई लुट्न, ठग्न सहकारी सञ्चालन गरेको सञ्चालकहरुले ठगी गरेका छन्, लुटेका छन् । तिनलाई कारबाही गरिन्छ । तिनका सम्पत्ति विक्रि गरेर बचतकर्तालाई फिर्ता दिईन्छ,’– उनले भने ।

सहकारीको नियमनको लागि नियमक निकाय बचतकर्ता कर्जा सुरक्षण कोष गठन गर्ने निर्णय भएको उनले बताए । साथै, समस्याग्रत सहकारी व्यवस्थापन समितिले त्यस्ता सहकारीको सम्पत्ति विक्री गरेर दामासाही ढंगले बचतकर्तालाई फिर्ता गर्ने तयारी रहेको उनले बताए । बचतकर्ताको रकम फिर्ता गराउनका लागि सरकार प्रतिवद्ध रहेको उनले बताए ।

यो समाचार शेयर गर्नुहोस्
411SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?