National life

सहकारी समस्या समाधान गर्न ३ सदस्यीय समिति गठन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ पुस २०८०, सोमबार
569Shares
सहकारी समस्या समाधान गर्न ३ सदस्यीय समिति गठन
ncell

मकवानपुर । बागमती प्रदेश सरकारले सहकारीहरूको विद्यमान समस्या व्यवस्थापनका लागि समस्या ग्रस्त सहकारी संस्थाको व्यवस्थापनका समिति गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले समस्या ग्रस्त सहकारी संस्थाको व्यवस्थापनका लागि ३ सदस्यीय समिति समेत गठन गरेको हो ।

संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिका वडा नम्बर–३१ का प्रशान्त अधिकारीको अध्यक्षतामा समिति गठन गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । समितिको सदस्यहरूमा काठमाडौँ महानगरपालिका वडा नम्बर–४ का यज्ञनाथ दाहाल र मकनापुरगढी गाउँपालिका वडा नम्बर–२ का यतिराज सापकोटा रहेको मन्त्री श्रेष्ठले बताए ।

Royal Enfield
nic asia capital

मन्त्रिपरिषद् बैठकले गठित समितिको सदस्यहरूको सेवा सुविधा र सर्त सम्बन्धी व्यवस्था सम्बन्धी प्रस्ताव समेत स्वीकृत गरेको छ । उक्त समितिले सहकारीमा देखिएका विभिन्न समस्याहरूको आवश्यक अध्ययन तथा अनुगमन गर्ने र समस्या समाधानका लागि आवश्यक पहल गर्ने तथा समस्या ग्रस्त सहकारी घोषणाका लागि राय सुझाव दिने छ ।

 

यो समाचार शेयर गर्नुहोस्
569SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?