National life
cg eloctronics

सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा बढ्यो, वितरणयोग्य मुनाफा ४१.३८ करोड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ साउन २०८२, बिहिबार
495Shares
सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा बढ्यो, वितरणयोग्य मुनाफा ४१.३८ करोड
ncell

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले उक्त अवधिसम्ममा ५३ करोड ७० लाख रुपैयाँ बराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.५१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले ५० करोड ४२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा भने कमी आएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १ अर्ब ९० करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको बैंकले समीक्षा अवधिसम्म भने १ अर्ब ८८ करोड रुपैयाँ मात्रै आर्जन गरेको छ ।

बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने बढेको छ । खुद शुल्क तथा कमिशन आम्दानी ९।१५ प्रतिशतले बढ्दै २१ करोड ६१ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंकको सञ्चालन मुनाफा ७७ करोड ४२ लाख र खुद सञ्चालन आम्दानी १ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।

बैंकको रिटेन्ड अर्निङ बढेको छ । अघिल्लो आवमा १३ करोड १८ लाख रहेको रिटेन्ड अर्निङ बढेर ४१ करोड ३८ लाख रुपैयाँ पुगेको छ । रिजर्भको आकार पनि १ अर्ब ४२ करोड रुपैयाँबाट बढेर १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

ग्राहकहरूबाट ५४ अर्ब ६६ करेड रुपैयाँबराबरको निक्षेप संकलन गरेको बैंकले ४३ अर्ब २ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । बैंकको वितरणयोग्य मुनाफा ४१ करोड ३८ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिसम्म १३ करोड १८ लाख मात्रै थियो ।

यस्तै बैंकको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ११.६४ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा अनुपात भने बढेको छ । खराब कर्जा अनुपात ३.९३ प्रतिशतबाट बढेर ५.६४ प्रतिशत पुगेको छ ।

nic asia capital

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १५.१० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५६.७१ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य १ हजार ७८३.२८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३०.६५ गुणा र तरलता अनुपात २६.१५ प्रतिशत कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?