National life

सांग्रिला डेभलपमेन्ट बैंकको १०.३५% लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|३० कात्तिक २०८२, आइतबार
1.1kShares
सांग्रिला डेभलपमेन्ट बैंकको १०.३५% लाभांश घोषणा, बोनस सेयर र नगद कति ?
ncell

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीलाई आकर्षक दरमा लाभांश वितरण गर्ने निर्णय गरेको छ। कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश प्रस्ताव पारित गरेको हो।

बैंकका अनुसार सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर तथा बोनस सेयरमा लाग्ने कर सहित ५.३५८३ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ।

Royal Enfield
nic asia capital
यसअनुसार सेयरधनीले कुल १०.३५८३ प्रतिशत लाभांश प्राप्त गर्नेछन्।

बैठकले प्रस्तावित लाभांश तथा सोसँग सम्बन्धित वित्तीय विवरणलाई स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ। साथै, आगामी २१औँ वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि लाभांश वितरण प्रक्रिया सुरु हुने बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?