National life

सांग्रिला बैंकको निक्षेपको ब्याजदर घट्यो ,कुनमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ मंसिर २०८०, बुधबार
460Shares
सांग्रिला बैंकको निक्षेपको ब्याजदर घट्यो ,कुनमा कति ?
ncell

काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंक सांग्रिला डेभलपमेन्ट बैंकले एकैपटक २३.८० प्रतिशतले ब्याजदर घटाएको छ ।

बुधबार एक सूचना प्रकाशित गर्दै बैंकले मंसिर १ गतेदेखि लागू भएको पुरानो ब्याजदरको तुलनामा मंसिर २७ गतेदेखि नै लागू हुने गरी मुद्दति निक्षेपको ब्याजदरमा भारी कटौति गरेको हो ।

व्यक्तिगत मुद्दति निक्षेपतर्फ ३ महिनादेखि १ वर्ष अवधिको स्किमको पहिलाको ब्याजदर वार्षिक १०.५० प्रतिशत रहेकोमा अब घटाएर ३ देखि ६ महिनाको ८ प्रतिशत कायम गरेको हो ।

Royal Enfield
nic asia capital
यस्तै, ६ महिनादेखि १ वर्षका लागि ८.५० प्रतिशत कायम गरेको छ ।

एक वर्ष वा सोभन्दा बढीको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर पहिला १०.६० प्रतिशत रहेकोमा त्यो पनि घटेको छ । अब बैंकले १ वर्षदेखि २ वर्ष अवधिका लागि ९ प्रतिशत तथा २ वर्षभन्दा बढी अवधिका लागि ९.५५ प्रतिशत ब्याजदर दिनेछ ।

संस्थागत मुद्दति निक्षेपतर्फ ६ महिनादेखि १ वर्ष अवधिका लागि नयाँ ब्याजदर ६.५० प्रतिशत, १ देखि २ वर्षका लागि ७ प्रतिशत र २ वर्षभन्दा बढी अवधिका लागि ७.५५ प्रतिशत तोकिएको छ । यसअघि ६ महिनादेखि १ वर्ष अवधिका लागि ८.५० प्रतिशत तथा १ वर्ष वा सोभन्दा बढी अवधिका लागि ८.६० प्रतिशत ब्याजदर तोकिएको थियो ।

बैंकले बचत खाताको ब्याजदर पनि घटाएको छ । जसअनुसार बचतमा उच्चतम ब्याजदर ६.८० प्रतिशत पाइनेछ । यसअघि ७.६० प्रतिशत उच्चतम ब्याजदर थियो ।

यो समाचार शेयर गर्नुहोस्
460SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?