National life

साउन महिनामा बैंकहरूको ९ अर्ब बढी नाफा, कुन बैंकको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असोज २०८२, सोमबार
380Shares
साउन महिनामा बैंकहरूको ९ अर्ब बढी नाफा, कुन बैंकको कति ?
ncell

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा नेपालका बैंक तथा वित्तीय संस्थाहरूले कुल ९ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन्। यो तथ्यांक नेपाल राष्ट्र बैंक र वित्तीय संस्था नियमान विभागले सार्वजनिक गरेको हो।

गत आर्थिक वर्ष २०७८/७९ मा बैंकहरूले कुल ७८ अर्ब ८० करोड रुपैयाँ नाफा कमाएका थिए। साउन २०७८ मा मात्र १० अर्ब १६ करोड रुपैयाँ नाफा भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको थियो।

नाफा घट्नुको कारण

नेपालका बैंकहरूको ब्याज आम्दानी घटेका कारण र सञ्चालन खर्च बढेका कारण चालु आर्थिक वर्षको साउनमा नाफा केही घटेको हो।

Royal Enfield
nic asia capital
बैंकहरूको ब्याज आम्दानी र ब्याज खर्चमा अन्तर (स्प्रेड दर) घटेको देखिएको छ। अधिक तरलताका कारण बैंकहरूबीच प्रतिस्पर्धा बढेको र त्यसले निक्षेप तथा कर्जाको भारित औसत ब्याजदरलाई असर पारेको छ।

राष्ट्र बैंकले तरलता प्रशेचन गरे पनि निक्षेपको लागतभन्दा कम दरमा तरलता प्रशेचन भएकोले ब्याज आम्दानी र खर्चको अन्तर बढेको छ। साउन मसान्तमा बैंकहरूको निक्षेप ६३ अर्ब रुपैयाँ र कर्जा १८ अर्ब रुपैयाँले घटेको छ। गत वर्षको साउनमा निक्षेप ५७ अर्बले घट्दा कर्जा भने ३ अर्बले बढेको थियो। बैंकहरूले ४ खर्ब ४४ अर्ब ५८ लाख रुपैयाँ चुक्ता पुँजीसहित कुल ८ खर्ब ४० अर्बको पुँजी कोषसँगै यो नाफा आर्जन गरेका हुन्।

बैंकको प्रकार अनुसार नाफा

वाणिज्य बैंक: ८ अर्ब ३८ करोड

विकास बैंक: करिब ८२ करोड

फाइनान्स कम्पनी: करिब १८ करोड

                                       कुन बैंकको नाफा कति ?


















































































बैंक / वित्तीय संस्थानाफा (रु.)
ग्लोबल आईएमई७८ करोड ४५ लाख
नबिल७१ करोड ६४ लाख
नेपाल इन्भेष्टमेन्ट मेगा६३ करोड ४२ लाख
राष्ट्रिय वाणिज्य बैंक५५ करोड ८३ लाख
नेपाल बैंक५५ करोड २७ लाख
प्राइम५० करोड ५० लाख
कुमारी४९ करोड २४ लाख
एभरेष्ट४८ करोड ३९ लाख
एनएमबि४६ करोड ६८ लाख
हिमालयन४० करोड ८९ लाख
सिद्धार्थ४० करोड १४ लाख
लक्ष्मी स्‌नराईज३९ करोड ४५ लाख
सानिमा३९ करोड ३ लाख
एनआईसी एशिया३१ करोड ९४ लाख
प्रभु३० करोड २३ लाख
सिटिजन्स२७ करोड २५ लाख
स्ट्यान्डर्ड चार्टर्ड२७ करोड १६ लाख
माछापुच्छ्रे२६ करोड ५२ लाख

यो समाचार शेयर गर्नुहोस्
380SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?