National life

साढे तीन दशकको अनुभवसहित बस्यालले सम्हाले सिद्धार्थ बैंकको नेतृत्व

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२७ पुस २०८२, आइतबार
899Shares
साढे तीन दशकको अनुभवसहित बस्यालले सम्हाले सिद्धार्थ बैंकको नेतृत्व
ncell

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। बैंकिङ क्षेत्रमा साढे तीन दशकभन्दा बढी अनुभव रहेका बस्यालले अब सिद्धार्थ बैंकको नेतृत्व सम्हाल्ने भएका छन्।

नवनियुक्त सीईओ बस्याल सन् २००५ देखि सिद्धार्थ बैंकसँग आबद्ध रहँदै आएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रबन्धकका रूपमा बैंकमा प्रवेश गरेका उनले समयक्रममा वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृतजस्ता महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन्।

बैंकिङ क्षेत्रका विभिन्न तहमा साढे तीन दशक लामो अनुभव सँगालेका बस्याल रणनीतिक व्यवस्थापन, जोखिम व्यवस्थापन, कर्जा तथा सञ्चालन सुधारका क्षेत्रमा अनुभवी मानिन्छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
899SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?