काठमाडौं । नेपाली बजारमा यस साता सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ। साताको पहिलो दिन आइतबार तोलाको रु २ लाख ३९ हजार ७०० मा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ।
यसरी हेर्दा साताभरमा सुनको मूल्य प्रतितोला रु १ हजार ३०० ले घटेको हो। त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ।
आइतबार तोलाको रु ३ हजार ४५५ मा कारोबार भएको चाँदी शुक्रबार रु ३ हजार ४२० मा झरेको हो। साताभरमा चाँदीको मूल्य प्रतितोला रु २५ ले घटेको देखिन्छ।
पछिल्ला दिनमा भूराजनीतिक तनावमा कमी, अमेरिकी डलरको दरमा सुधार, र अन्तर्राष्ट्रिय बजारमा सुनप्रतिको माग घट्नु जस्ता कारणले विश्व बजारमा सुनको मूल्यमा दबाब आएको सोही प्रभाव नेपाली बजारमा पनि परिरहेको जानकारहरुको भनाई छ।
| मिति (वि.सं.) | बार | प्रति १० ग्राम सुन (रु) | प्रति तोला सुन (रु) | प्रति १० ग्राम चाँदी (रु) | प्रति तोला चाँदी (रु) |
|---|---|---|---|---|---|
| २०८२/०७/१६ | आइतबार | २,०५,५०५ | २,३९,७०० | २,६१९.०० | ३,०५५ |
| २०८२/०७/१७ | सोमबार | २,०५,५०५ | २,३९,७०० | २,६२३.५० | ३,०६० |
| २०८२/०७/१८ | मंगलबार | २,०४,३०५ | २,३८,३०० | २,५८५.०० | ३,०१५ |
| २०८२/०७/१९ | बुधबार | २,०३,३६० | २,३७,२०० | २,५६३.५० | २,९९० |
| २०८२/०७/२० | बिहीबार | २,०३,८७५ | २,३७,८०० | २,५८०.५० | ३,०१० |
| २०८२/०७/२१ | शुक्रबार | २,०४,३९० | २,३८,४०० | २,५८९.०० | ३,०२० |
































