काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। संस्थाको कात्तिक २६ गते बिहान ७ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो।
यसअनुसार, संस्थाले सेयरधनीहरूलाई कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ।
घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारण सभाबाट पारित गरी वितरण गरिने संस्थाले जनाएको छ।साना किसान विकास लघुवित्तले ग्रामीण क्षेत्रका किसानहरूलाई लक्षित गरी सहकारी मोडेलमा वित्तीय सेवा प्रदान गर्दै आएको छ।


































