काठमाडौं । सानिमा जीआइसी इन्सुरेन्सलेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २३ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १६.२१ प्रतिशतले धेरै हो । गत वर्ष इन्सुरेन्सले २० करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यता, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने ३१.६४ प्रतिशतले घटेको छ । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १९ करोड ८५ लाख रुपैयाँबाट घटेर १३ करोड ५६ लाखमा झरेको छ ।
यता, कम्पनीको कमिसनबाट हुने आम्दानी भने १६.२१ प्रतिशतले बढेर २७ करोड २ लाख रुपैयाँ कायम भएको छ । हाल इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा २८ करोड ९६ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २ रुपैयाँ १७ पैसाले बढेर १५ रुपैयाँ ५७ पैसा कायम भएको छ । इन्सुरेन्सको प्रतिशेयर नेटवर्थ भने १५८ रुपैयाँ ३२ पैसा रहेको छ ।






































