National life

सानिमा बैंकको साधारणसभा आह्वान, यी हुन् प्रमुख एजेन्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|१२ असोज २०८२, आइतबार
1.1kShares
सानिमा बैंकको साधारणसभा आह्वान, यी हुन् प्रमुख एजेन्डा
ncell

काठमाडौं । सानिमा बैंक लिमिटेडले कार्तिक २ गते वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकले सभा प्रयोजनका लागि असोज २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असोज २६ गतेसम्म कायम रहेका शेयरधनी मात्र सभामा उपस्थित भएर लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रस्तावित लाभांश

बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

Royal Enfield
nic asia capital
हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ। सोअनुसार, बैंकले लगानीकर्तालाई १ अर्ब ७ लाख ५४ हजार ७ सय ५० रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश वितरण गर्नेछ। प्रस्ताव सभाबाट पारित भएलगत्तै लगानीकर्तामा वितरण हुनेछ।

प्रमुख एजेन्डा

आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको २१औं वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने।

लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वित्तीय विवरण पारित गर्ने।

सहायक कम्पनीहरू — सानिमा क्यापिटल लिमिटेड र सानिमा सेक्युरिटिज लिमिटेड — को वित्तीय विवरणसहित एकीकृत वित्तीय विवरण छलफल गर्ने।

आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने।

सञ्चालक समितिले प्रस्ताव गरेअनुसार नगद लाभांश वितरण गर्न स्वीकृति दिने।

संस्थापक समूह (समूह ‘क’) बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरूको निर्वाचन गर्ने।

विशेष प्रस्तावहरू

राष्ट्र बैंकको निर्देशनअनुसार २ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत अबिमोच्य असञ्चिति अग्राधिकार शेयर (Sanima Perpetual Non-cumulative Preference Shares) जारी गर्ने।

बैंकको अधिकृत पूँजी २० अर्ब रुपैयाँबाट वृद्धि गरी २२ अर्ब रुपैयाँ पुर्याउने। अग्राधिकार शेयर जारी भइसकेपछि चुक्ता पुँजी पनि सोहि अनुसार वृद्धि गर्ने।

अग्राधिकार शेयर जारी, दर्ता तथा सूचीकरणसँग सम्बन्धित काममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्डलगायत नियामक निकायको निर्देशनअनुसार आवश्यक परिमार्जन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?