काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहित गर्न बससेवासँग सहकार्य गर्दै आकर्षक क्यासब्याक योजना ल्याएको छ।
यस अन्तर्गत ग्राहकहरूले सानिमा भिसा डेबिट वा क्रेडिट कार्डमार्फत अनलाइन भुक्तानी गर्दा नेपालभरिको बस टिकटमा १५ प्रतिशत वा अधिकतम २०० रुपैयाँ क्यासब्याक र भारतका बस टिकटमा १५ प्रतिशत वा अधिकतम ४०० रुपैयाँ क्यासब्याक पाउनेछन्।
बैंकका अनुसार, यो योजना भदौ १५ देखि आगामी फागुन १४ सम्म लागू हुने छ। सानिमा बैंकले डिजिटल भुक्तानीको प्रयोग बढाउन विभिन्न छुट र अफरहरू पनि प्रदान गर्दै आएको छ।
योजना र छुटहरूको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ।
सानिमा बैंकसँग देशभरि सातै प्रदेशमा १३४ शाखा र १२७ एटिएमहरू सञ्चालनमा रहेका छन्।































