National life

सामान्य नाफा घटेको प्राइम बैंकको सञ्चालन नाफामा दोहोरो अंकले बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२१ कात्तिक २०८२, शुक्रबार
1KShares
सामान्य नाफा घटेको प्राइम बैंकको सञ्चालन नाफामा दोहोरो अंकले बढ्यो
ncell

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएको छ। विवरण अनुसार, बैंकको खुद नाफा २.२० प्रतिशतले घटेर गत आवको असोज मसान्तसम्मको तुलनामा केही कम भएको छ।

गत आवको पहिलो त्रैमासमा बैंकले १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो भने चालु आवको सोही अवधिमा यो घटेर १ अर्ब २५ करोड ८४ लाख रुपैयाँमा पुगेको हो।

Royal Enfield
nic asia capital

नाफामा सामान्य कमी आए पनि बैंकको सञ्चालन नाफा र ब्याज आम्दानीमा सुधार देखिएको छ। सञ्चालन नाफा गत आवको १ अर्ब ८२ करोड ८३ लाख रुपैयाँबाट १३.५४ प्रतिशतले वृद्धि भई २ अर्ब ७ करोड ५८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद ब्याज आम्दानी पनि २ अर्ब ३३ करोड १८ लाख रुपैयाँबाट बढेर २ अर्ब ४० करोड ७४ लाख रुपैयाँमा पुगेको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (NPL) गत वर्षको ४.८६ प्रतिशतबाट बढेर ५.८६ प्रतिशतमा पुगेको छ भने प्रतिसेयर आम्दानी (EPS) २६.५३ रुपैयाँबाट घटेर २५.९४ रुपैयाँमा झरेको छ। बैंकको चुक्ता पूँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ रहेको छ। सोही अवधिमा बैंकको जगेडा कोषमा ३ अर्ब ४ करोड ४६ लाख रुपैयाँ र रिजर्भ कोषमा १२ अर्ब ३४ करोड ५७ लाख रुपैयाँ सञ्चिति भएको छ।

बैंकले हालसम्म २ खर्ब १४ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने २ खर्ब ६१ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकले कर्जा प्रवाह र निक्षेप संकलन दुबैमा सन्तुलन कायम गर्न सफल भएको बताएको छ। बैंकका अनुसार, ब्याज आम्दानीमा देखिएको सुधारले आगामी त्रैमासिकमा नाफा वृद्धिको सम्भावना बलियो बनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?