National life

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ फागुन २०८०, बिहिबार
522Shares
सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु
ncell

काठमाण्डौ । मर्जरमा गएका सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आजदेखि सुरु हुने भएको छ ।

मर्ज भएश्चात कायम भएको नाम सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको थालनी हुन लागेको हो ।

नेपाल राष्ट्र बैंकले गत माघ २४ गते , नेपाल धितोपत्र बोर्डले फागुन ९ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले फागुन ८ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएसँगै संस्थाले एकीकृत कारोबार सुरु गर्न लागेको हो।

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको गत असोज ३० गते अलग अलग बसेको विशेष साधारण सभाबाट १ः०.८५३५ अनुपातको स्वाप रेसियामा मर्जरमा जाने प्रस्ताव पारित भएको थियो ।

Royal Enfield
nic asia capital
आपसमा गाभिएर एउटै बनेको यो संस्थाको केन्द्रीय कार्यालय भने बनेपा नगरपालिका वडा न १४ साँगामा रहनेछ।

एकीकृत कारोबार सुरु गर्दा संस्थाको तथ्यांकहरुलाई एउटै सफ्वेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने भएकाले संस्थाले गत फागुन २३ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?