काठमाडौँ। तमु ल्होसारको अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ । तर, बिदाका बाबजुद पनि ग्राहक सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यका साथ अधिकांश बैंकहरूले आफ्ना केही शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्।
वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहकको सहजता र वित्तीय कारोबारको निरन्तरतालाई ध्यानमा राख्दै रणनीतिक रूपमा छनोट गरिएका शाखा तथा काउन्टर खुला राख्ने निर्णय गरेका हुन्। बिदाको दिनमा पनि अत्यावश्यक बैंकिङ सेवा उपलब्ध गराउने तयारी बैंकहरूले गरेका छन्।
यस सम्बन्धमा केही बैंकहरूले आफ्ना खुला रहने शाखा र काउन्टरहरूको विवरण सामाजिक सञ्जाल तथा आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिसकेका छन्। ग्राहकलाई अग्रिम जानकारी दिएर सेवा प्रवाहलाई अझ सहज र प्रभावकारी बनाउने प्रयास बैंकहरूको रहेको छ ।







































