काठमाण्डौ । सरकारले आज शोक दिवसका कारण असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरे पनि बैंकहरूले आंशिक शाखामार्फत सेवा निरन्तरता दिने भएका छन्।
बैंकहरूले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै होलिडे काउन्टर सञ्चालन गर्नेछन्। यसमार्फत निक्षेप संकलन, भुक्तानी तथा विदेशी मुद्रा विनिमय जस्ता सेवा उपलब्ध हुने जनाइएको छ।
यसैबीच, बैंकहरूले डिजिटल भुक्तानीलाई प्राथमिकतामा दिन ग्राहकहरूलाई आग्रह गरेका छन्।

































