National life

सालपा विकास बैंकको आईपीओ बिक्री सुरु,सर्वसाधारणका लागि १४ लाखभन्दा बढी कित्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१६ पुस २०८२, बुधबार
815Shares
सालपा विकास बैंकको आईपीओ बिक्री सुरु,सर्वसाधारणका लागि १४ लाखभन्दा बढी कित्ता
ncell

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक र सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयरको बाँडफाँट सम्पन्न भएपछि बैंकले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री प्रक्रिया अघि बढाएको हो।

बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबर हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ मूल्यको १७ लाख २३ हजार ८८० कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

कुल निष्कासित सेयरमध्ये पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको १ लाख ७२ हजार ३८८ कित्ता सेयरको बाँडफाँट गरिसकिएको बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, सामूहिक लगानी कोषका लागि छुट्याइएको ८६ हजार १९४ कित्ता सेयरको बाँडफाँट पनि सम्पन्न भइसकेको छ।

दोस्रो चरणको निष्कासन अन्तर्गत बैंकका कर्मचारीहरूका लागि २६ हजार ११९ कित्ता सेयर सुरक्षित राखिएको छ। यसरी कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामूहिक लगानी कोषका लागि छुट्याइएका सेयर कटाएर बाँकी रहेको १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरिएको हो।

उक्त आईपीओमा लगानीकर्ताले पुस २० गतेसम्म आवेदन दिन सक्नेछन्। तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि पुस ३० गतेसम्म थप गरिनेछ। आवेदन गर्दा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
815SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?