National life

सिटिजन्स बैंकका ग्राहकले विनायक अस्पताल तथा प्रसुति गृहमा आकर्षक छुट पाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ माघ २०८०, शुक्रबार
414Shares
सिटिजन्स बैंकका ग्राहकले विनायक अस्पताल तथा प्रसुति गृहमा आकर्षक छुट पाउने
ncell

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टोखा, काठमाडौं स्थित विनायक अस्पताल तथा प्रसुति गृह प्रा.लि बीच सटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले विनायक अस्पताल तथा प्रसुति गृहका सेवाहरुमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको जनाएको छ ।

Royal Enfield
nic asia capital

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख १२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
414SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?