National life

सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआईएल सेक्यूरिटिज सञ्चालनमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ मंसिर २०८०, आइतबार
386Shares
सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआईएल सेक्यूरिटिज सञ्चालनमा
ncell

काठमाडौं । सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआईएल सेक्यूरिटिज सञ्चालनमा आएको छ ।

धितोपत्र व्यवसायी ९धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता० नियमावली, २०६४ को नियम ७ उपनियम १ मा प्रचलित कानून बमोजिम स्थापना भएको बैंक वा बित्तीय संस्थाले आफ्नो शत प्रतिशत स्वामित्व भएको सहायक कम्पनी मार्फत धितोपत्र दलालको रुपमा कार्य गर्न सक्ने व्यवस्था अनुसार कम्पनी दर्ता भएको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा जेठ २८ मा स्थापित सीबीआईएल सेक्यूरिटिज कम्पनी लिमिटेडले नेपाल धितोपत्र वोर्डबाट साउन ३२ गते र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट असोज २९ मा धितोपत्र दलाल नं ९१ सदस्यता प्राप्त गरेको थियो ।

आइतबार एक समारोहका बीच सिटिजन्स बैंकको संचालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले कम्पनीको विधिबत उद्घाटन गरी कम्पनीको टिएमएस सेवा सञ्चालनमा ल्याएका हुन् ।

Royal Enfield
nic asia capital

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले संस्थाको पूर्ण सफलताको कामना गर्दै धितोपत्र बजारमा सिबिआईएल सेक्यूरिटिजले आफनो छुट्टै पहिचान बनाउने धारणा व्यक्त गरे ।

सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले यस संस्था सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको पहिलो संस्था भएको र आगामी दिनहरुमा अरु विभिन्न किसिमका सेवा सुविधाहरु ग्राहकहरु माझ ल्याउने गरि थप संस्थाहरुको स्थापना गर्न सकिने धारणा व्यक्त गरे ।

संस्था बैंकको कुपन्डोलस्थित भवनबाट संचालनमा ल्याइएको छ । उक्त उदघाटन समारोहमा सिटिजन्स बैंकका संचालकहरु , प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन लगायत उक्त सेक्यूरिटिजका संचालकहरु, कम्पनी कर्मचारीहरुको उपस्थिति थियो ।

धितोपत्र बजारमा एक विश्वसनीय धितोपत्र दलालको रुपमा स्थापित हुने उद्देश्यले स्थापित यो कम्पनीमाले ग्राहकलाई ब्रोकर खाता खोल्ने सेवा लगायत डिम्याट खाता तथा केन्द्रीयकृत केवाईसी खोल्ने सेवा समेत प्रदान गरिने व्यवस्था गरिएको छ । यसको साथै यस कम्पनी सिटिजन्स बैंक लिमिटेडको कुपण्डोल शाखा भवनमा रहेको हुंदा ग्राहकहरुले बैंक खाता खोल्न तथा सेयर धितो कर्जा समेत एकै भवनवाट सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको ५ ।

सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको यो पहिलो संस्था हो । यस अघि बैंकले आफ्नो प्रमुख लगानीमा सिटिजन्स क्यापिटल लिमिटेड पनि स्थापना गरि संचालनमा ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
386SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?