National life

सिटिजन्स बैंकले मनायो १८औँ वार्षिकोत्सव, ल्यायो ग्राहक लक्षित नयाँ सेवासुविधा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ वैशाख २०८२, आइतबार
441Shares
सिटिजन्स बैंकले मनायो १८औँ वार्षिकोत्सव, ल्यायो ग्राहक लक्षित नयाँ सेवासुविधा
ncell

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सव मनाएको छ । २०६४ साल बैशाख ७ गते देशको २०औं वाणिज्य बैंकको रूपमा स्थापना भएको बैंक आजबाट १९ वर्षमा प्रवेश गरेको हो ।

१८ वर्षको अवधिमा बैंकले १८ लाख ७९ हजार ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको जनाएको छ । बैंकले देशभर २०० वटा शाखाहरूबाट सेवा दिँदै आएको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कुल निक्षेप करिब २ खर्ब २ अर्ब रहेकोमा कर्जातर्फ रु १ खर्व ७३ अर्ब परिचालन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले आफ्नो १८औँ बार्षिकोत्सवको अवसरमा आज सातवटै प्रदेशमा करिब ९२१ कर्मचारीको सहभागितामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखीकरण हुने अपेक्षा बैंकले लिएको जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत बैंकले रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटी र हिमाल हस्पिटलसँगको सहकार्यमा सातवटै प्रदेशका कूल ३३ शाखाहरूबाट करिब ९१३ जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै ब्रिक ब्यांकिङ टु क्लिक ब्यांकिङ भन्ने मूल मन्त्र लाई आत्म साथ गर्दै सिटिजन्स मोबाईल बैंकिङ्ग एप मार्फत ट्याप एन्ड पे सेवा तथा नेपालमै पहिलो पटक क्रस ब्याङ्क टेलर क्युआर भुक्तानी सेवा संचालनमा ल्याइएको छ । सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले आफ्नो मोबाईल बैंकिङ्ग सेवा मार्फत अफलाइन माध्यमबाट नै पाँच हजार रुपैयाँसम्मको भुक्तानी ट्याप एण्ड पे मार्फत सहज रूपमा गर्न सक्नेछन् ।

साथै बैंकले नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्युआर प्रणालीको सुरुवात गरी अन्य बैंकका ग्राहकहरूले नजिकैको सिटिजन्स बैंकको शाखा काउन्टरमा गई आफ्नो बैंकको मोबाईल बैंकिङ्ग मार्फत क्रस बैंक टेलर क्युआर लाई स्क्यान गरेर तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्नुहुनेछ । यस प्रकारको सेवाले भुक्तानी प्रक्रियालाई झनै द्रुत र सुरक्षित बनाई ग्राहकलाई सुविधाजनक सेवाको अनुभव प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ ।

यही अवसरमा बैंकले नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । यो खाता विशेष गरी फ्रील्यान्सरहरूको वित्तीय आवश्यकतालाई ध्यानमा राखी डिजाइन गरिएको हो । यस खाताका ग्राहकलाई दुवै नेपाली रुपैयाँ र अमेरिकी डलरमा बचत खाता खोल्ने सुविधा प्रदान गरिएको छ । साथै, दुवै बचत खातामा उच्चतम ब्याजदर पनि प्रदान गरिएको छ । यस बचत खातामा पहिलो वर्षको लागि स्वास्थ्य उपचार बीमा रु २५ हजारसम्म (ओपिडी सेवा ५००० सम्म), दुर्घटना मृत्यु बीमा रु ३ लाखसम्म, लगायत निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड र डिम्याट खाता सुविधा समावेश गरिएका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
441SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?