National life

सिटिजन लाइफको साधारणसभा माघ १४ गते, बुक क्लोज कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० पुस २०८०, शुक्रबार
593Shares
सिटिजन लाइफको साधारणसभा माघ १४ गते, बुक क्लोज कहिले ?
ncell

काठमाडौं । सिटिजन लाइफको हिजो बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सातौं बार्षिक साधारणसभा आगामी माघ १४ गते काठमाडौंमा आह्वान गरेको छ । कम्पनीले पाँच प्रतिशत बोनस शेयर दिने प्रस्तावसहित बार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।

कम्पनीको बार्षिक साधारणसभा काठमाडौंस्थित आम्रपाली ब्याङ्क्वेट भाटभटेनीमा विहान ११ बजे आह्वान गरेको छ । साधारणसभामा आव २०७९।८० को बार्षिक वित्तीय विवरण, नाफा नोक्सान हिसाब किताब पारित गर्ने प्रस्ताव गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, चालु आवको लागि लेखा परिक्षक नियुक्ती सम्बन्धी नियमत प्रस्ताव समेत रहेका छन् ।

कम्पनीले विशेष प्रस्तावको रुपमा कम्पनीको संचित मुनाफाबाट १८ करोड ७५ लाख रुपैयाँ लाभांश बापत वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले चुक्ता पुँजि तीन अर्ब ७५ करोड रुपैयाँको पाँच प्रतिशत बोनस शेयर र ०।२६३२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय समेत पारित गर्नेछ ।

कम्पनीले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालक समेत निर्वाचित गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि यही पुस २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । सो आधारमा पुस २६ गतेसम्म कायम शेयरधनीहरुले मात्रै बार्षिक साधारणसभामा भाग लिन र बोनस शेयर पाउनेछन् ।

 

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?