National life

सिटिजन लाइफको नाफा ३६ करोड बढी, सबै सूचकमा उल्लेखनीय वृद्धी

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२९ वैशाख २०८३, मङ्गलबार
1.4kShares
सिटिजन लाइफको नाफा ३६ करोड बढी, सबै सूचकमा उल्लेखनीय वृद्धी
ncell

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा ३६ करोड नाफा आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै ३६ करोड नाफा आर्जन गरेको हो ।

उक्त नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । गत आर्थिक वर्ष २०८१/८२ को चैतसम्म कम्पनीले ३५ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समीक्षा वर्षमा कम्पनीको कुल बीमा शुल्क आर्जन पनि बढेको छ । गत वर्षको चैतसम्म ५ अर्ब ८ करोड २५ लाख कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्षको चैतसम्म ६ अर्ब २१ करोड ९८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ।

साथै कम्पनीको खुद बीमा शुल्क आर्जन पनि बढेको छ । कम्पनीले चालु वर्षको चैतसम्म ५ अर्ब ९४ करोड ३० लाख खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको चैतसम्म कम्पनीले ४ अर्ब ८१ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब रहेको छ । यस्तै, चैतसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ९.६० रुपैयाँ कायम भएको छ।

कम्पनीको जीवन बीमा कोषको आकार पनि बढेको छ । चैतसम्म कम्पनीको जीवन बीमा कोषमा २४ अर्ब ५५ करोड ८२ लाख रहेको छ। गत वर्षको सोही अवधिसम्म जीवन बीमा कोषमा १८ अर्ब २ करोड १९ लाख थियो।

चैतसम्म कम्पनीको शेयर प्रिमियममा ४४ करोड ९६ लाख, महाविपत्ति कोषमा २६ करोड ६३ लाख, रिटेन्ड अर्निङमा ४७ करोड ९ लाख र अन्य इक्विटीमा ३७ करोड १२ लाख रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?